आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

जेसिबीको ठक्करबाट तीन जनाको मृत्यु, पाँच घाइते

शुक्रबार, जेष्ठ ३१ २०७६

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान जेसिबीले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गड्डाचौकीबाट महेन्द्रनगर आउँदै गरेको म १ ह ७६३ नम्बरको अटोरिक्सा र गड्डाचौकीतर्फ जाँदै गरेको से १ क ७३३ नम्बरको जेसिबी शुक्रबार बिहान बनागाउँस्थित राजमार्गमा ठोक्किँदा एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मृत्यु हुनेहरुको पहिचान खुलेको छैन । त्यसगैरी अटोमा सवार पाँच घाइते भएका छन् ।

घाइतेको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार हुँदैछ । उनले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जेसिबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार