काठमाडांै(जस)– गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ निर्वाचित भएका छन् । शनिबार राति सार्वजनिक मत परिणाम अनुसार गुरूङले ८५८३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी डाक्टर ज्ञानेन्द्र रेग्मीलाई पराजित गर्दै गुरुङ अध्यक्षमा विजयी भएका हुन् । एनसीसी उपाध्यक्ष तथा अस्ट्रेलियन क्यापिटल क्षेत्रको संयोजकमा अशोक बस्नेत विजयी भए । उनले ७५४ मत पाउँदा अभिशेक उप्रेतीले ३४५ मत मात्र पाए ।
यस्तै महासचिवमा राजुबाबु अधिकारी ७८१५ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी अच्युत शर्मा थपलियाले ४५७३ मात्र मत प्राप्त गरे । सचिवमा सन्ध्या शाह विजयी भईन उनले ८१२२ मत ल्याउँदा उनका प्रतिस्पर्धी तीर्थराज कार्कीले ४४३३ मत पाए । कोषाध्यक्षमा अनिल पोखरेल निर्विरोध चयन हुँदा सह–कोषाध्यक्षमा राजकुमार नगरकोटी विजयी भए । यस्तै, युवा संयोजकमा बबिन मिश्र विजयी भए भने महिला संयोजकमा मञ्जु खड्का विजयी भएकी छन् ।
यस्तै न्यू साउथ वेल्सको संयोजकमा देवबहादुर गुरूङ विजयी भए । नर्दन क्षेत्रको संयोजकमा विष्णु चापागाईं विजयी भएका छन । क्विन्सल्याण्डको संयोजकमा विनोद भक्त आचार्य, दक्षिण अष्ट्रेलियाको संयोजकमा रेनुका लामा र तास्मानियाको संयोजकमा राकेश शाक्य विजयी भएका छन् । यस्तै, भिक्टोरियाको संयोजकमा हरि खड्का र पश्चिम अष्ट्रेलियाको संयोजकमा दीपक बस्नेत निर्विरोध चयन भएका छन । यी संयोजकहरु सबै एनसीसी उपाध्यक्षसमेत रहने छन् ।
जनसवाल राष्ट्रिय दैनिकको २०७८ साउन १८ गते सोमबारको इपेपर
http://www.janasawal.com/epaper/2021/08/02/3655/
कुल १५ हजार २ सय ९८ मतदाता रहेको एनआरएन अष्ट्रेलियामा १४ हजार २ सय १३ जनाले मतदान गरेका थिए । १०८५ जना मतदानमा सहभागी नभएको निर्वाचन समितिले जनाएको छ । यसैगरी आईसीसी सदस्यमा बुद्धि डल्लाकोटी, पीआर अधीकारी, प्रज्वल भट्टराई, राजेश बुढाथोकी, प्रेम प्रसाद कँडेल, परेशराज घिमिरे, सूर्य आचार्य र नवीन भन्डारी विजयी भएका छन । एनआरएनए अस्ट्रेलियामा पहिलो पटक अनलाईनमार्फत मतदान भएको हो ।
अध्यक्षमा निर्बाचित नन्द गुरुङ अष्ट्रेलियाको नेपाली समुदायमा यस्ता पात्र हुन जसको प्रवासी जीवनमा एउटै संकल्प समाजसेवा मात्रै रहेको छ । गुरुङले समाजसेवा बाहेकका अरु केही नसोचेको बताउँछन् । त्यही अभिरुचिलाई मूर्तरुप दिन आफु अध्यक्षमा उम्मेदवारी दिएको गुरुङ बताउँछन् । ‘नन्द गुरुङ प्रवासी जीवनमा त्यस्ता प्रतिबिम्ब हुन उनी रंग हेर्दैनन, जात हेर्दैनन, भूगोल हेर्दैनन् । उनि खाली पेट, असहाय, अशक्त, बिरामी र जुनसुकै कारणले आपतमा परेको नेपालीका लागि भरलाग्दो लौरो भएर उभिएका थिए अस्ट्रेलियामा । नन्द सबै चिज भएर पनि न आत्तिन जान्दछन्, न मात्तिन । व्यवहारमा लचकता र बोलीमा मधुरता नवनियुक्त अध्यक्ष गुरुङका गहना हुन्,’ अष्ट्रेलियायाका एक एनआरएनए अभियन्ताले भने । उनी सन २०१५ मा राष्ट्रिय समन्वय समिति सदस्य, राज्य समिति संयोजक, उपाध्यक्ष हुँदै हाल निबर्तमान प्रवक्ताको भूमिकामा रहि हाल अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षमा विजयी गुरुङले सबै संघसंस्था र नेपाली समुदायसँग सहकार्य गरेर अगाडि बढ़ने बताए ।


https://www.facebook.com/watch/live/?v=1618219275048892&ref=watch_permalink