मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

दुई प्रदेशका प्रमुख फेरिए : लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा गुरुङ सिफारिस

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त

मंगलबार, साउन १२ २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ओली सरकारले नियुक्त गरेका दुईवटा प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्त गरेको छ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान सिंह गुरुङलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

माओवादी पृष्ठभूमीका शेरचन अघिल्लोपटक गण्डकीका प्रदेशको प्रमुख थिए। गुरुङ भने चितवनका पुराना कांग्रेस नेता हुन्।

सरकारले ओली नेतृत्वको सरकारले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएको छ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.विश्व पौडेल नियुक्त गरेको छ।

काँग्रेस निकट रहेका पौडेललाई मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उपाध्यक्ष नियुक्त गरेको हो।

पौडेल काठमाडौं विश्वविद्यालयअन्तर्गतको भिजिटिङ एशोसिएट प्रोफेसरका रुपमा कार्यरत थिए।

उनले अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ)का रुपमा पनि काम गरेका छन्। पौडेल युलेन्स एजुकेशन फाउन्डेशनका बोर्ड अफ ट्रष्टी मेम्बर पनि हुन्।

यसैगरी, डा.रामकुमार फुयाल र डा.दिलबहादुर गुरुङ पनि आयोग सदस्यमा नियुक्त भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार