मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

रवि लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

मंगलबार, भाद्र ३० २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्। उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल गर्न उनले सर्वदलीय बैठक बोलाएका हुन् ।

रास्वपा प्रवक्ता जगदीश खरेलले सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बुधबार बिहान ११ बजे शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बस्न लागेको जानकारी दिए।
खरेलका अनुसार बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन लगायतका विषयमा छलफल हुनेछ।

यसअघि बसेको सर्वदलीय बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने समझदारी गरिए पनि हालसम्म संयन्त्र बन्न सकेको छैन। सोही विषयमा छलफल गर्न बुधबार बैठक बोलाइएको प्रवक्ता खरेलले जानकारी दिए। रविले सुनसरीको कप्तानगन्जमा फैलिएको साम्प्रदायिक हिंंसाका बेला पनि सर्वदलीय बैठक बोलाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार