मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

युरोकप छनोट : स्वीडेनमाथि स्पेनको सहज जित

मंगलबार, जेष्ठ २८ २०७६

काठमाडौं, २८ जेठ । युरोकप छनोट प्रतियोगितामा स्पेनले स्वीडेनमाथि जित निकालेको छ । मड्रिडस्थित सान्टियागो बर्नाबाउमा भएको खेलमा स्पेनले स्वीडेनलाई ३–० ले हरायो ।

स्पेनको जितमा सर्जियो रामोस, अल्भारो मोराटा र मिकेल ओयारजाबालले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बनेको खेलको ६४औं मिनेटमा स्पेनले पेनाल्टी पायो । त्यसलाई सर्जियो रामोसले गोलमा परिणत गरे । ८५औं मिनेटमा स्पेनले अर्को पेनाल्टी पायो । त्यसलाई मोराटाले गोल गरे । ८७औं मिनेटमा मिकेलले गोल गरेपछि स्पेनले छनोट प्रतियोगितामा शतप्रतिशत जित निकालेको हो ।

समूह एफमा रहेको स्पेनले चार खेलबाट १२ अंक जोडेको छ भने स्वीडेनको समान खेलबाट ७ अंक छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार