मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

रसुवा बाढीपीडितका लागि भायानेटले दियो २० लाख

मंगलबार, भाद्र २३ २०८३

काठमाडौं(जस)–रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि भायानेट कम्युनिकेसन्स लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ । भायानेटले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । विपद्बाट प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको कम्पनीले जनाएको छ ।
विपद्को समयमा प्रभावित नागरिकलाई राहत र पुनःस्थापनामा सहयोग गर्नु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष भएको भायानेटको भनाइ छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध हुने उक्त रकमबाट रसुवा बाढी प्रभावित नागरिकका लागि सञ्चालन भइरहेका राहत, उद्धार तथा पुनःस्थापनाका काममा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
भायानेटले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना र प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाएको छ । उद्धार, राहत तथा सहयोगमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक, सरकारी निकाय तथा विभिन्न संघसंस्थाप्रति पनि कम्पनीले आभार व्यक्त गरेको छ । विपद्पछि राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि भइरहेका राष्ट्रिय प्रयासमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता भायानेटले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार