बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

एनआरएनए कतारको युवा संयोजकमा डेकबहादुर भारती(सुमन)को उम्मेद्वारी

मंगलबार, असार १५ २०७८

काठमाडौ । गैर आवासीय नेपाली संघ(एनआरएनए) एनसीसी कतारको आशन्न नवौ अधिबेशनमा डेकबहादुर भारती(सुमन)ले युवा संयोजकमा उम्मेद्धारी दिएका छन ।उनले आफु लामो समयदेखि कतार वासी नेपाली समुदायको नजिक रही नेपाली समाज र समुदायको हितको लागि काम गरेको अनुभवहरुलाई संगाल्दै एनआरएनएलाई उपलब्धी मुलक बनाउने उद्धेश्यले उम्मेद्धारी दिएको घोषणा गरेका छन ।एनसीसी कार्यसमितिको युवा संयोजक पदमा रही साझा संस्था एनआरएनए एनसिसि कतारको गरिमा र प्रतिष्ठालाई थप उचाईमा पुर्याउन केही गर्न सक्छु भन्ने आत्म विस्वासका साथ उम्मेद्धारी दिएको बताए । उनले कतारबासी सम्पुर्ण पञ्जीकृत सदस्यहरुलाई अमुल्य मत दिई एनसीसी युवा संयोजकमा विजयी गराउन आग्रह गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार