काठमाडौं(जस)–सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहक महानुभावहरुको सुविधाहरुलाई मध्येनजर गर्दै अझ बढी लाभान्वित तुल्याउनको लागि ‘बचत पनि विमा पनि’ नयाँ बचत खाता संचालनमा ल्याएको छ । यस अन्तगर्तत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरु रहेका छन् । जस अन्तर्गत ती खाताहरु खोल्ने ग्राहक महानुभावहरुलाई जम्मा रु. १६ लाख सम्मको विमाको व्यवस्था गरिएको छ जुन खाताको प्रकृति हेरी दुर्घटना विमा, औषधि उपचार विमा तथा घाटक रोगको उपचार वीमा सम्बन्धी सुविधाहरु रहेका छन् ।
जुन खाता खोल्दा ग्राहक महानुभावहरुले मासिक ७∞ ब्याज प्राप्त गर्न सक्नुहुनेछ भने न्यूनतम मौज्दात ५ हजार, १५ हजार र २५ हजार रहेका छन् । यो खाता खोल्ने ग्राहक महानुभावहरुले लकर सुविधामा विषेश छुट, निशुल्क ब्द्यद्यक् तथा एटिएम भिसा कार्ड, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा १ वर्षको लागि निशुल्क सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यसरी सांग्रिला डेभलपमेन्ट बैंकले बैकिङ्ग सम्बन्धी विभिन्न सुविधाहरु अन्तर्गत ग्राहकहरुको सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यो नयां बचत खाता योजनाको थालनी गरेको बैंकले जानकारी गराएको छ ।