काठमाडौ(जस)-प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेका मन्त्रिमण्डलका ७ जना मन्त्री र १ राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ मन्त्री र प्रधानमन्त्री ओलीले १ राज्यमन्त्रीलाई सपथ गराएका हुन् । नवनियुक्त मन्त्रीहरु खगराज अधिकारी गृह,राजकिशोर यादव उद्योग ,नारदमुनी राना वन, मोहन वानियाँ, विनाविभागीय,ज्वालाकुमारी साह कृषि ,नैनकला थापा सन्चार,गणेश पहाडी सामान्य प्रशासन र वन राज्यमन्त्री आशा विकले पद तथा गोपनियताको शपथ लिएका हुन।
