आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपाल ईन्फ्रास्ट्रक्चर बैंकद्धारा कोरोना नियन्त्रणका लागी प्रत्येक प्रदेशलाई ७लाख रुपैयाका दरले ४९लाख रकम हस्तान्तरण

शुक्रबार, जेष्ठ १४ २०७८

काठमाडौ(जस)-नेपाल ईन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले कोरोना महामारी नियन्त्रणको लागी प्रत्येक प्रदेशमा सात लाख रुपैयाका दरले ४९लाख रुपैया उपलब्ध गराएको छ।बैंकले कोरोना भाईरसको नियन्त्रण र रोकथामको लागी सातै प्रदेशका अस्पताल तथा आईसोलेसन केन्द्रहरुलाई सो रकम हस्तान्तरण गरकोे हो। उक्त सहयोग रकम प्रदेश१मा दमक नगरपालीका ,२मा जनकपुर प्रादेशिक अस्पताल, बाग्मती प्रदेशमा पनौति नगरपालीका,गण्डकी प्रदेशमा गोरखा नगरपालीका,लुम्बिनी प्रदेशमा कपीलबस्तु नगरपालीका, कर्णली प्रदेशमा बिरेन्द्रनगर नगरपालीका र सुदुपश्चिम प्रदेशमा महाकाली अस्पताललाई ७लाख रुपैयाका दरले सहयोग रकम उपलब्ध गराएको छ। बैंकले सामाजिक उत्तरदायीत्वलाई प्राथमीकतामा राखी रकम हस्तान्तरण गरिएको बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार