आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

बिष्णु गैरेको निधनको १३औ दिनमा भर्चुअल श्रद्धाञ्जली कार्यक्रम, गैरेले अघि बढाएका एजेण्डालाई टुंगोमा पुर्‍याए मात्र सच्चा श्रद्धाञ्जली हुनेमा बक्ताहरुको जोड

बुधबार, जेष्ठ १२ २०७८

काठमाडौ।नेपाल बैदेशिक रोजगार ब्यबसायी संघका अध्यक्ष बिष्णु गैरेको निधनको १३ औ दिनमा भर्चुअल श्रद्धाञ्जली कार्यक्रममा गैरेको बैदेशिक रोजगार ब्यबसायलाई बिश्वसनिय र मर्यादित बनाउन गरेको योगदानको स्मरण गरीएको छ। आगामी दिनमा बैदेशिक रोजगार ब्यबसायलाई मयादीत र बिश्वसनीय बनाउन सकीयो भने मात्रै गैरे प्रति साचो श्रद्धाञ्जली हुने बक्ताहरुले बताएका छन।
बिभिन्न क्षेत्रका ब्यक्तीहरुले गैरेको कार्यकालमा बैदेहिक रोजगारको क्षेत्रमा भएका उल्लेख्य सुधारहरुको स्मरण गर्दे बाकी अधुरा कार्यहरु पुरा गर्न लाग्नुपर्ने बताएका छन।गैरेले ब्यबसायको हकहित रप्रबद्धनको लागी उठाएका एजेन्डाहरुलाई संसथागत गर्न सकिएमा साचो अर्थमा श्रद्धाञ्जली हुने बताए। गैरे एक कर्मबिर ब्यबसायी रहेको बताउदै गरेको निधनामा दुःख ब्यक्त गरेका छन। कोरोना भाइरस सक्रमणका कारण निधन भएका संघका स्व. अध्यक्ष गैरेको १३ औं दिनको पुण्यतिथिमा मंगलबार भर्चुअल श्रद्धान्जली कार्यक्रममा उपस्थित अधीकांश बक्ताहरुले स्व. गैरेले वैदेशिक रोजगार ऐन र नियमावलीमा परिवर्तन, इजाजतपत्र नवीरण गर्न वार्षिक सय जना कामदार अनिवार्य रुपमा पठाउनु पर्ने व्यवस्थाको अन्त्य, सेवा शुल्क परिमार्जन, मागपत्र प्रमाणीकरण र श्रम स्वीकृतिको झन्झटिलो प्रक्रियाको अन्त्य, म्यानपावर कम्पनीको शाखा कार्यालय सञ्चालनको अनुमति, वैदेशिक रोजगार व्यवसायी कोष सञ्चालन, रिटर्नी कामदारको व्यवस्थापन, सातवटै प्रदेशमा तालिम लगायतका पक्षमा सुधार गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागमा माग राख्दै आएका थिए ।श्रद्धान्जली कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व श्रम तथा रोजगार मन्त्री रमेश लेखकले स्व. अध्यक्ष गैरेले आफ्नो कार्यकालमा उठाएका माग वैदेशिक रोजगार क्षेत्रको सुधारका लागि अत्यन्तै सान्दर्भिक रहेको बताउदै ती माग स्थापित गर्न संघ र व्यवसायीहरु प्रतिवद्ध रहुनु नै उनीप्रतिको सच्चा श्रद्धान्जली हुने बताए । मन्त्री लेखकले पार्टी महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य समेत भएकाले पाटीलाई गैरेको निधनबाट कपुरणीय क्षती भएको बताएका छन।नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य एवं पूर्व मन्त्री गगन थापाले गैरे आफ्नो निर्बाचन क्षेत्रको बासीन्दा पनि भएकाले आफुसंग निकटतम रहेका र गैरेको निधनले नेपाली काङग्रेसले होनहार युबा संगै बैदेशिक रोजगार क्षेत्रले कुशल नेतृत्व गुमाएको बताए।उनले गैरेले बैदेहिक रोजगार क्षेत्रमा गरेका सुधारौनमुख कार्य र आगामी उनको योजनाको बिषयमा आफु जानकार रहेको बताउदै उनको बाकी कार्यहरुलाई पुर्णता दिनु नै उनीप्रति न्याय हसने बताए। बिघटीत प्रतिनिधि सभाका सदस्य एलपी साँवा लिम्बुले आफ्नो नेतृत्वकोे कार्यसमितिमा तृतीय उपाध्यक्ष रहेका स्व. गैरेले दुबई जब फेयर, वैदेशिक रोजगार ऐन संशोधनलगायतका पक्षमा सक्रिय र निःस्वार्थ भूमिका निर्वाह गरेको टिप्प्णी गरे ।वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले स्व. अध्यक्ष गैरे वैदेशिक रोजगारका समस्या र समाधानमा सदैब प्रयत्नशील रहेको र आफुलाई त्यसैअनुसार समस्या समाधानका लागि सदैब प्ररित गर्ने गरेको भन्दै सबै सम्मानपुर्बर्क व्यवहार गर्ने बानीले आफु प्रभावित रहेको बताए ।श्रम मन्त्रालयको वैदेशिक रोजगार महाशाखाका सहसचिव हरि मैनालीले मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र आफ्ना तर्फबाट श्रद्धान्जली व्यक्त गर्दै स्व. गैरेले आफ्नो नेतृत्वको कार्यदलमा रहेर काम गर्दा वैदेशिक रोजगार व्यवसायी कोष सञ्चालन, म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरणका लागि एक सय कामदार अनिवार्य पठाउनु पर्ने ऐन तथा नियमावलको व्यवस्था खारेज जस्ता सुधारका पक्षमासदैब जोड दिने र बैदेशिक रोजगारका कानुनी र नितीगत समस्याको समाधानको निम्ती सदैब उद्दत रहेको बताए । उनले स्व. अध्यक्ष गैरेप्रति सम्मान व्यक्त गर्न पनि उनले उठाएका माग पूरा गर्न मन्त्रालय तत्पर रहने प्रतिवद्धता जनाए ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठलेबोर्ड सदस्यको हैसियतमा स्व. गैरेले खेलेको भूमिकाको स्मरण गर्दे गत वर्ष कोरोना महामारी फैलिएपछि कामदार फिर्ताको ब्यबस्था मिलाउन उच्चस्तरबाट पहल गरेको स्मरणीय कार्यको सदैब सम्झीरहने बताए। नेपाल उद्योग बाणीज्य महासंघका अध्यक्ष शेखर गोल्छाले देशको अर्थतन्त्रमा बैदेशिक रोजगारको महत्वपूर्ण भूमिका र योगदान रहेकाले यसभित्र रहेका समस्या समाधान गरी वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित मर्यादित र व्यवस्थित गर्न स्व. गैरे सदैब कक्रियाशील रहेको े बताए । गैरेको आग्रहमा आफुले महासंघमा वैदेशिक रोजगार फोरम गठन गरी त्यसको नेतृत्व स्व. गैरेलाई दिएको अध्यक्ष गोल्छाले बताए । गैरेको निधन भएपनि महासंघको कार्यकारीमा वैदेशिक रोजगार व्यवसायीलाई राख्ने भन्दै प्रक्रिया पु¥याएर मनोनयन गर्ने जानकारी दिए ।महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले आफुले स्व. गैरेलाई अग्रजका रुपमा लिएको भन्दै सुधारका लागि उनले आफ्नो कार्यकालमा अघि बढाएका योजनाहरु सफल पार्न आफुले भूमिका खेल्ने बताए ।महासंघको एसोसिएट तर्फका उपाध्यक्ष अन्जन शाक्यले वैदेशिक रोजगारका समस्या समाधानका लागि महासंघले स्व. गैरेको संयोजकत्वमा वैदेशिक रोजगार फोरम गठन गरेको बताए । नै सच्चा श्रद्धान्जली हुने टिप्पणी गरे ।एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले वैदेशिक रोजगार सुधारका लागि स्व. अध्यक्षले अघि बढाएका एजेण्डालाई टुंगोमा पु¥याउनु नै स्व. गैरेप्रति सच्चा श्रद्धान्जली हुने बताए । श्रम मन्त्रालयमा छलफल भएका वैदेशिक रोजगार व्यवसायी कल्याणकारी कोष लगायतका एजेण्डाहरु तत्काल टुंगोमा पु¥याउनु पर्ने भन्दै अध्यक्ष ढकालले कोषलाई कार्यान्वयनमा ल्याउन सकेको भए स्व. गैरेको आश्रित परिवारलाई राहत दिन सहज हुने तर कोषलाई कार्यान्वयनमा ल्याउन नसेकेका कारण त्यसको लाभबाट कठिन अवस्थामा अध्यक्षको परिवार बञ्चित हुनु परेको बताए ।

प्रगतिशील वैदेशिक रोजगार ब्यबसायी मंच, नेपालका संस्थापक अध्यक्ष सरोज पोखरेलले राजनीतिकरुपमा आफु फरक स्थानमा र संघको चुनाबमा गैरेसंग प्रतिस्पर्धी रहे पनि स्व. गैरेको ब्यबहारबाट आफुले कहिल्यै त्यस्तो फरक राजनीक आस्था अनुरुपको ब्यबहार नभएको बताए। बैदेशिक रोजगार ब्यबसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङको सभापतित्वमा सम्पन्न श्रद्धान्जली कार्यक्रमको महासचिव सुजित कुमार श्रेष्ठले सञ्चालन गरेका थिए । द्वितीय उपाध्यक्ष कमलदेव मल्लले स्वागत मन्तव्य राख्दै स्व. अध्यक्षलाई आफुले कर्मवीर व्यवसायीको रुपमा लिएकोे बताए । श्रद्धान्जली कार्यक्रममासंघका कार्यसमिति पदाधिकारी एवं सदस्यहरु, सल्लाहकारहरु र स्व. गैरेका परिवारका सदसयहरुसहित अन्य बिभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो। बैदेशिक रोजगार ब्यबसायीका हक र हितमा अनबरत संघर्षरत बिष्णु गैरेको निधनले बैदेशीक रोजगार ब्यबसाय क्षेत्रले एक कुशल नेतृत्व गुमाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार