आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कोरोनाको तेस्रो लहर रोकथामको तयारी गर्न देउवाको आग्रह

बुधबार, जेष्ठ ५ २०७८

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने भएकाले सतर्क हुन आग्रह गरेका छन् । सभापति देउवाले सरकारलाई केन्द्र र सातवटै प्रदेशमा वालवालिकाका लागि अस्पतालहरुमा विशेष वार्ड÷आइसीयू लगायतको तयारी गर्न आग्रह गरेका छन् । त्यस्तै देउवाले १२ वर्षमाथिकालाई खोप सुरु गर्ने विषयमा पनि प्रक्रिया अघि बढाउन सरकारलाई अनुरोध गरेका छन् ।
‘कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले वालवालिकालाई असर गर्ने विज्ञहरुले बताइरहेका छन् । म सरकारलाई केन्द्र र सातवटै प्रदेशमा वालवालिकाका लागि अस्पतालहरुमा विषेश वार्ड÷आइसीयू लगायतको तयारी र १२ वर्षमाथिकालाई खोप सुरु गर्ने विषयमा पनि प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु’, देउबाले भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार