मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

रोनाल्डोको गोल च्याम्पियन्स लिगको यस सिजनको उत्कृष्ट गोल

मंगलबार, जेष्ठ २१ २०७६

काठमाडौ–क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडविरुद्ध समुह चरणमा गरेको गोल च्याम्पियन्स लिगको यस सिजनको उत्कृष्ट गोल छनौट भएको छ । यस सिजनको च्याम्पियन्स लिगको टप १० गोलको सुची युइएफएले बनाएको ९ सदस्यीय प्राविधिक टिमले छनौट गरेको युइएफएले जानकारी दिएको छ । युइएफएले जारी गरेको यस सिजनको उत्कृष्ट १० गोलको सूचीमा रोनाल्डोले गरेको गोल एक नम्बरमा परेको हो ।
त्यस्तै लियोनेल मेसीले लिभरपुलविरुद्ध फ्री९किकमा गरेको गोल यस सिजन को १ दोस्रो उत्कृष्ट गोल बनेको छ भने लिभरपुलका साडियो मानेले बायर्न म्युनिखविरुद्ध गरेको गोल सिजनको तेस्रो उत्कृष्ट गोल बनेको छ । यस सुचिमा बार्सिलोनाका ५ खेलाडीको गोल टप १० मा परेको छ । जसमा मेसी सहित लुइस स्वरेज, उसमान डेम्बेले, फिलिप कोटिन्हो र इभान राकिटिकले गरेको गोल रहेका छन् ।
टप १० गोल :
१. क्रिस्टियानो रोनाल्डो ९युभेन्टस भर्सेज म्यानचेस्टर युनाइटेड० ९समुह चरण
२. लियोनेल मेसी ९बार्सिलोना भर्सेज लिभरपुल० ९ सेमिफाइनल पहिलो लिग
३. साडियो माने ९लिभरपुल भर्सेज बायर्न म्युनिख० – राउण्ड १६ को दोस्रो लिग
४. इभान राकिटिक ९बार्सिलोना भर्सेज टोटनह्याम० – समुह चरण
५. लेरोय साने ९ म्यान्चेस्टर सिटी भर्सेज होफेनहेम० – समुह चरण
६. किलीयन एम्बाप्पे ९ पिएसजी भर्सेज म्यानचेस्टर युनाइटेड० ९राउण्ड १६ को पहिलो लिग
७. रहिम स्टरलिङ ९ म्यानचेस्टर सिटी भर्सेज शख्तर डोनेटस्क ० समुह चरण
८. ओसमान डेम्बेले ९ बार्सिलोना भर्सेज म्यानचेस्टर युनाइटेड ० क्वाटरफाइनल दोस्रो लिग
९. फिलिप कोटीन्हो ९बार्सिलोना भर्सेज म्यानचेस्टर युनाइटेड ० क्वाटरफाइनल दोस्रो लिग
१०. लुइस स्वरेज ९बार्सिलोना भर्सेज लिभरपुल० सेमिफाइनल पहिलो लिग

प्रतिक्रिया
सम्बन्धित समाचार