काठमाडौ(जस)- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे गरेको कुरा स्वीकार गरेका छन। । आफूले प्रधानमन्त्री भइसकेका बाहेक व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन भनेको दावी गरेका छन। । भट्टराईले उक्त कुराको संकेत गर्दै गत बुधबार नै ट्वीट गर्नुभएको थियो । तर नेकपा एमालेका नेता महेश बस्नेतले भट्टराईले राती राती बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन आग्रह गरेको कुरा सार्वजनिक गरेका थिए । डा.भट्टराईले आफुलाई प्रधानमन्त्री बनाई दिनुपरो अव म २ वर्षमात्र राजनीति गर्ने हो । उमेर पनि जान लाग्यो मलाई सहयोग गर्नुपरो भनि २ दिन सम्म बालुवाटार पुगेको नेता बस्नेतले एक टेलिभीजन कार्यक्रममा बताएका थिए। । यसबारे भट्टराईले आज ट्वीटमार्फत् प्रष्टीकरण दिएका छन। ‘प्रधानमन्त्रीले दूतमार्फत् बोलेकाले बोल्नैपर्ने भयो– महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली होइन प्रधानमन्त्री ओलीलाई भेटेकै हो।’ भट्टराईले उक्त भेटमा आफूले प्रधानमन्त्री भइसकेकाबाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाएर जानुपर्ने बताएकोसमेत उल्लेख गरेका छन।। ‘मैले वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ। अझै पनि धारा ७६ (५) बमोजिम बनाउन सकिन्छ, सोचौं।’भट्टराईले भनेका छन।