बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

काठमाडौं रेजर्स नेपाल सुपर लिग फुटबलको च्याम्पियन बन्यो

आइतबार, जेष्ठ २ २०७८

काठमाडौं । काठमाडौं रेजर्स नेपाल सुपर लिग (एनएसएल) फुटबलको च्याम्पियन बनेको छ । दरशथ रंगशालामा शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १–० ले हराउँदै काठमाडौंले उपाधि जितेको हो ।

काठमाडौंको जीतमा मेसौके ओलोमोउले २१ औं मिनेटमा गरेको एक गोल नै पर्याप्त भयो । प्रतियोगिताको सर्वाधिक गोलकर्ता रहेका मेसौकेले ८ गोल गरे ।

उपाधिसँगै काठमाडौंले ३५ लाख रुपैया पुरस्कार पाएको छ भने उपविजेता बनेको धनगढीले १५ लाखमा चित्त बुझाएको छ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको लिगमा ७ वटा फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरेका थिए । कोभिडको त्रासका बिच दर्शकलाई प्रवेश गर्न नदिई प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार