आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपाली व्यवसायी संघ कतारले शुरु गर्यो आफ्नो आधिकारिक बेबसाइट (फोटोफिचर)

सोमबार, बैशाख २७ २०७८

काठमाडौं । नेपाली व्यवसायी संघ कतारले आफ्नो आधिकारिक बेबसाइट शुरु गरेको छ । संघले शनिबारका दिन भर्चुअल कार्यक्रम मार्फत आफ्नो वेबसाईट (www.nbaqatar.com ) शुभराम्भ गरेको हो । संघका अध्यक्ष तथा ब्यबसायी महेन्द्र चौलागाईंको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति कतारका लागि नेपाली राजदुत महामहिम डा नारदनाथ भारद्वाजद्वारा शुभराम्भ गरिएको थियो । उक्त कार्यक्रममा कतारका लागि पुर्ब राजदुत प्राध्यापक डा रमेशप्रसाद कोइराला, नेपाल चेम्बर अफ कमर्सका निबर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतको उपस्थिति थियो । कतार स्थित नेपाली राजदुताबासका महामहिम राजदुत तथा कार्यक्रमका प्रमुख अतिथी डा.नारदनाथ भारद्दाजले दिपप्रज्वलनसहित वेवसाईटको डोमेन क्लीक गरी शुभारम्भ गर्नुभएको थियो।गैर आबासीय नेपाली संघ(एनआरएन)का अन्तराष्ट्रीय समन्वय समिती (आईसीसी )का मानार्थ सदस्य तथा संघका उपाध्यक्ष नरेन्द्र भाटको स्वागत मन्तव्यबाट शुरु भएको को सञ्चालन गैरआवासीय नेपाली संघ, अन्र्तराष्ट्रीय समन्वय समिती (आईसीसी )का सदस्य तथा संघका महासचिव रमेश भट्टले गर्नुभएको थियो।लामो समय देखि कतारमा रहि ब्यबसाय गरीरहेका नेपाली ब्यबसायीहरुलाई यस संघठनको स्थापनाले अभिभावकत्व प्रदान गरेको र अब वेबसाइट मार्फत प्रत्यक्ष जोडिन पाउँदा खुशी व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा.भारद्वाजले २ वर्षको अथक प्रयास स्वरुप कतारमा नेपाली ब्यबसायीहरुको संघले बैधानिकता प्राप्त गरेकोमा खुशी व्यक्त गरेका थिए। संघले स्थापना संगै नेपालका विकाश निर्माण र परियोजना संघ समन्वय गरी सहयोग र सहकार्य गर्ने प्रयत्न गरेको जानकारी पाउँदा आफू खुसि भएको बताउँदै भारद्वाजले भने, ‘कोरोना महामारीले बिश्व आक्रान्त परिरहेको यो गम्भीर परिस्थितिमा समेत यहाँहरूले व्यवसायीक यात्रालाई परीणाममुखी बनाउँदै लैजानु भएको छ, कतार सरकारले यो विषम परिस्थितिमा पनि हाम्रा व्यवसायीलाई सघाउ हुने वातावरण निर्माण गरेको छ, यो हाम्रो हाम्रो लागि अवसर पनि हो।”

नेपालले कतारमा कृषी उत्पादन निर्यात गर्न सक्ने र कतारबाट रासायनिक मल आयात गर्दा बङगलादेशबाट आयात गर्नु भन्दा सस्तो पर्ने हुदा कतार सरकार संग पहल गरीरहेका बताए।उनले भने , ‘म यहाँको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसंग भेटवार्ताको क्रममा उहाँहरूबाट कतारमा कृषि उत्पादनलाई सहज आयात र रासायनिक मल निर्यात गर्न सकिने आश्वासन पाएको छु, यसका लागि व्यवसायीहरूले परियोजना लिएर आउनुहोस्, नेपालले बंगलादेशबाट आयात गरिरहेको भन्दा आधा मुल्यमा कतारबाट रासायनिक मल आयत गर्न सक्छ।’आफु सदैब नेपाली ब्यबसायीहरुको साथमा रहेको र आबश्यकता अनुरुप कतार सरकार संग सहजिकरण गर्ने प्रतिबद्दता ब्यक्त गरे।

त्यस्तै कार्यक्रमका सभापति तथा संघका अध्यक्ष चौलागाईंले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै संघलाई यहाँ सम्म ल्याई पुर्याउन अथक प्रयास गर्ने सम्पूर्ण व्यवसायीहरू प्रति कृतज्ञता व्यक्त गर्दै भने, ‘प्रवासमा रहेर व्यवसाय गर्ने क्रममा आईपर्ने विभिन्न समस्यालाई सहजिकरण गर्ने र सम्पूर्ण व्यवसायीहरुलाई एकिकृत गर्दै मर्यादित र सफल व्यवसाय गर्दै दिर्घकालीन आय श्रोतलाई समेत सुनिश्चित गर्ने उदेश्यका साथ सम्पुर्ण ब्यबसायीको मेहनतच र एकतामा यो संघको स्थापना गरेका हौं ।’

चौलागाइले अघाडि भने , ‘आज हामीले यस संघलाई सरकारमा समेत दर्ता भई कतार सरकारमा समेत आधिकारीकता प्राप्त गरेको समेत यहाँहरु सबैलाई अवगत नै छ।, संघलाई प्रविधिमैत्री बनाउने हेतुले यस संघको वेबसाइट निर्माण गरी महामहि ज्यूबाट समुद्घाटन गर्न पाउँदा निकै हर्षित महसुस भएको छ ।’ चौलागाईंले संघले दिर्घकालिन र नेपाल संग प्रत्यक्ष जोड्ने व्यवसायीक परियोजनाको अध्ययन शरु गरिएको र निकट समयमै सहकार्य र समनवय गरीने समेत जानकारी दिए।

कतार स्थित नेपाली राजदुतासाका निर्वतमान राजदुत प्राध्यापक डा. रमेश प्रसाद कोइराला, नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राकेश काजी श्रेष्ठ, संघका प्रमुख सल्लाहकार टि बि कार्की, द इन्सिच्युट अफ ईञ्जिनिरिङ्ग इन्डियाका कतार च्याप्टरका अध्यक्ष इन्जिनियर अब्दुल सतार, इण्डियन व्यवसायी संघका उपाध्यक्ष शेजी भालियाक्थ लगायतले सम्बोधन गर्दै संघले मैत्रीपूर्ण संगै प्रबिधीमैत्री यात्रा को तय गरेको मा बधाई तथा सफलताको शुभकामना ब्यक्त गरेका थिए।
नेपाली दुतावासका द्वितीय सचिव प्रविण भट्टराई लगायत विभिन्न संघ संस्था, देश तथा विदेशका व्यवसायीहरू लगायतको भर्चुअल सहभागिता रहेको उक्त कार्यक्रममा बक्ताहरूले नेपाल सरकारले नपाली ब्यबसायीहरुलाई ब्यबसायको सुनिश्चतताको ग्यारण्टी गरे नेपाल ,भारत र बङगलादेशलाई जोड्ने गरी परियोजना सञ्चालन गर्न सकिने बताएका थिए।कतारमा नेपालीहरु सफल ब्यबसायीको रुपमा सबै प्रकारका ब्यबसाय सञ्चालन गरेकोमा मा खुशी व्यक्त गरेका थिए।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार