आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

भारतमा हालसम्मकै बढी संक्रमितकाे मृत्यु, पछिल्लो २४ घण्टामा तीन लाख १९ हजार निको

शनिबार, बैशाख २५ २०७८

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १९ हजार ४६९ जना कोरोना संक्रमित निको भएका छन् । यो संख्या बिहीबारको भन्दा ९ हजारले कमी हो ।

बिहीबार ३ लाख २८ हजार १४१ जना कोरोना भाइरसका संक्रमितलाई निको भएको थियो । यसअघि मंगलबार एकै दिन सबैभन्दा बढी ३ लाख ३७ हजार ५ सय ४८ जनालाई निको भएको थियो ।

अहिलेसम्म भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ७९ लाख १७ हजार ८५ पुगेको छ । तर, भारतमा संक्रमित भने बढि नै रहेका छन । शुक्रबार ४ लाख १ हजार २२८ संक्रमित थपिएका छन् ।

बिहीबार भने रेकर्ड बढी भएको थियो । बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । बुधबार एकै दिन त्यो दिन सम्मकै बढी ४ लाख १२ हजार ३७३ जना संक्रमित थपिएका थिए ।

योसँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या २ करोड १८ लाख ८६ हजार ६११ पुगेको छ । हाल ३७ लाख २१ हजार ७६९ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार १९१ जनाको ज्यान गएको छ । यसअघि बिहीबार ३ हजार ९२० जनाको ज्यान गएको थियो । बुधबार ३ हजार ९७९ जनाको ज्यान गएको थियो । अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ३८ हजार २६५ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार