मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

विश्वकप क्रिकेट : आज इंग्ल्यान्ड र पाकिस्तान भिड्दै

सोमबार, जेष्ठ २० २०७६

काठमाडौं, २० जेठ । विश्वकपको छैटौं खेलमा आज आयोजक इंग्ल्यान्ड र पाकिस्तान भिड्दै छन्। दिउसो ३ः१५ बाट सुरु हुने खेलमा पाकिस्तान विश्वकपमा पहिलो जितको खोजीमा रहँदा इंग्ल्यान्ड आफ्नो रवाफलाई कायम राख्न मैदानमा उत्रनेछ।

पहिलो खेलमा वेस्टइन्डिजसँग पाकिस्तान हार्दा इंग्ल्यान्डले भने दक्षिण अफ्रिकालाई पराजित गरेको थियो।

सरफराज अहमदको कप्तानीमा रहेको पकिस्तानी टिम लगातार ११ खेलमा हारिसकेको छ। उसले पछिल्लोपल्ट २७ जनवरीमा दक्षिण अफ्रिकालाई हराएको थियो। त्यसपछि पाकिस्तान अस्ट्रेलियासँग पाँच खेलमा पराजित भएको छ भने इंग्ल्यान्डसँग चार र वेस्टइंडिजसँग एक खेलमा पराजित भएको छ।

अहिलेसम्म पाकिस्तान र इंग्ल्यान्डबीच ८७ खेल भएको छ। जसमा इंग्ल्यान्डले ५३ र पाकिस्तानले ३१ खेलमा जित निकालेको छ। तीन खेलमा नजिताविहीन भएको छ। विश्वकपमा भने यी दुई टिम ९ पटक आमुन्नेसामुन्ने भएका छन्।

जसमा इंग्ल्यान्डको चार र पाकिस्तानलाईपनि समान चार खेलमा सफल्ता मिलेको छ। अहिलेसम्म एक खेल नतिजाविहीन भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार