काठमाडौं(एजेन्सी)–विश्वकप क्रिकेट अन्तर्गत शनिबार श्रीलंका न्युजील्याण्डसँग १० विकेटले पराजित हुन् पुग्यो । पहिला ब्याटिंग गरेको श्रीलंका १३६ रनमा अलआउट हुन पुगेको थियो । त्यसको जवाफमा न्युजील्याण्डले उत्कृष्ट ब्याटिंग गर्दै कुनै विकेट नगुमाई जित हासिल गर्यो । यो खेलमा हार बेहोरेसँगै श्रीलंकाको नाममा लाजमर्दो रेकर्ड दर्ता भएको छ । विश्वकपको इतिहासमा श्रीलंका पहिलो पटक १० विकेटले पराजित भएको रेकर्ड बनाएको छ । एकदिवसीय क्रिकेटमा श्रीलंका एक अघि ६ पटक १० विकेटको हार बेहोरे पनि विश्वकपमा भने पहिलो पटक यस्तो लज्जास्पद हार बेहोर्न पुग्यो । सम्भवत श्रीलंकाको विश्वकप क्रिकेटमा अहिलेसम्म कै सबै भन्दा खराब प्रदर्शन हो ।
एकदिवसीय क्रिकेटमा धेरै पटक १० विकेटले खेल हार्ने टिम भने बंगलादेश हो । बंगलादेश १२ पटक एकदिवसीय क्रिकेटमा १० विकेटले पराजित भएको छ । त्यस्तै जिम्बाबे ८ पटक १० विकेटको हार बेहोर्ने टिम हो । श्रीलंकाको लगातार खराब प्रदर्शनले विश्वकपमा टिमको चिन्ता बढेको छ । पछिल्ला १० एकदिवसीय खेलमा श्रीलंकाले केवल एक खेल स्कटल्याण्डलाई एक खेलमा पराजित गरेको छ । त्यस्तै शनिबार न्युजील्याण्डले १० विकेटले खेल जित्दै विश्वकपमा धेरै पटक १० विकेटको जित हासिल गरेको छ । न्युजील्याण्डले तीन पटक १० विकेटको जित हासिल गरेको छ । श्रीलंकाले अब मंगलबार अफगानिस्तानसँग दोस्रो खेल खेल्दै छ ।