काठमाडौं (जस)–अग्नि गु्रप अन्तर्गत अग्नि मोटोइन्कले नयाँ वर्ष २०७६ को अवसरमा ‘खुशी आउँछ बन्डलमा’ योजना अन्तर्गत बम्पर विजेताको घोषणा गरेको छ । नेपालगञ्जका श्यामलाल थारुले बम्पर जित्न सफल भएका छन् । कुपन नं २०६४ का थारुले बम्पर उपहार अन्तर्गत होम अप्लायन्सहरु प्राप्त गरे । हरेक पन्ध्र दिनमा एकजना भाग्यशाली विजेतालाई बम्बर उपहार प्रदान गर्दै आएको अग्निले जनाएको छ । यस अघि बम्पर विजेताको रुपमा पोखराको न्यूरोडका रबिन कुमार विक बम्बर जित्न सफल भएका थिए ।
योजना अवधिभित्र कम्पनीले महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गरी हरेक १५ दिनमा एक जना भाग्यशाली व्यक्तिलाई होम अप्लायन्सहरु प्रदान गर्दै आएको छ । साथै यस योजना अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिन्छ । स्क्र्याच कुपनमा न्यूनतम १० हजार देखि १ लाखसम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सक्नेछन् । यसका साथै एक वर्षको लागि तेस्रो पक्ष बिमा तथा सवारी करको सुविधा तथा आकर्षक हेलमेन्ट पनि निःशुल्क रुपमा प्राप्त गर्न सकिने छ । यो योजना महिन्द्राका टू ह्वीलरको खरिदमा नेपाल अधिराज्य भर सञ्चालित भई रहेको छ ।