धादिङ / काठमाडौँ जिल्ला घर भई हाल अमेरिकाको एटलान्टा जोर्जिया निवासी पर्यटनदूत राजा घलेको विशेष पहलमा धादिङका चेपाङ बालबालिकाहरूलाई बिद्यालय पोशाक साथै लेखन सामग्री (स्टेशनरी )वितरण गरिएको छ ।
हिमालयन बैङ्कको आर्थिक तथा प्राविधिक सहयोग एवं महिला बालबालिका तथा युवा सचेतना समाज नेपालको सक्रियतामा आर्थिक अवस्था अत्यन्त कमजोर एवं लोपोन्मुख समुदायका १२३ जना चेपाङ बालबालिकाहरूको लागि बिद्यालय पोशाक,पुस्तक झोला तथा लेखन सामग्री वितरण अभियान-२०७६ गर्न महिला बालबालिका तथा युवा सचेतना समाज नेपाल सफल भएको छ ।

अमेरिकामा रहेर पनि नेपालको संवेदनशील विषयमा चिन्तन मनन गर्नुका साथै गरिब तथा लोपोन्मुख समुदायका बिधार्थीहरुलाई सहयोग गर्ने सहयोगी मनहरूमा राजा घले,बासु फुलारा,डा. रामचन्द्र बराल,डा.प्रल्हाद पन्त,दिलीप बानिया,सूर्य लम्साल,राम पराजुली,मोहन तिमिल्सिना,सिके पराजुली र राजु थापा रहनु भएको छ ।