मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

राफेल नाडाल र रोजर फेडेरर चौथो चरणमा

शनिबार, जेष्ठ १८ २०७६

काठमाडौं(एजेन्सी)–स्टारद्धय राफेल नाडाल र रोजर फेडेरर फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । पेरिसमा सुक्रबार राति भएको खेलमा दोस्रो वरीयताका स्पेनिस नाडालले बेल्जियन डेभिड गोफिनलाई ३–१ को सेटमा हराए । नाडालले फेडेररलाई ६–१, ६–३, ४–६, ६–३ ले स्तब्ध बनाएका थिए । चौथो चरणमा नाडालले अर्जे्न्टिनाका जुवान लोन्डेरोसँग प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी अर्को खेलमा तेस्रो वरीयतामा स्वीडिस खेलाडी रोजरले नर्वेका कास्पर रुडलाई ३–० को सेटमा हराए । रोजरले ६–१, ६–३, ७–६ को जित निकालेका थिए । रोजरले सन् २०१५ पछि पहिलोपटक फ्रेन्च ओपन खेलेका हुन् । चौथो चरणमा उनले अर्जे्न्टिनाका लियोनार्दाे मेयरसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार