सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

एभरेष्ट क्लब र सेभ द चिल्ड्रेनको साझेदारीमा दैलेखमा ८१ वटा किशोरी समुह गठन

बिहिबार, जेष्ठ १६ २०७६

दैलेख, १६ जेठ । एभरेष्ट क्लब र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित नेपाली युवाहरुको लागि स्वास्थ्य रुपान्त।ण परियोजनाले दैलेख जिल्लाको आठबिस र चामुण्डा विन्द्रासैनी नगरपालिकाको किशोरी समुह गठन भएका छन् । ८१ वटा किशोरी समुहहरु मध्य ५४ वटा आठबिस र २७ वटा चामुण्डा विन्द्रासैनी नगरपालिकामा गठन भएका छन् । उत्त परियोजनाले यौन तथा प्रजनन स्वास्थ्य अधिकार (१५ देखी २४ वर्ष उमेर समुहका युवतीहरुको (वैवाहिक जिवन र अभिभावकत्वको रुपमा रुपान्तरण हुने समयमा) प्रजनन्, मातृ तथा नवशिशुहरुको स्वास्थ्यमा सुधार गर्ने लक्ष्य रहेको छ । किशोरीहरुमात्र राखेर गठन भएका समुहहरुमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी छलफल हुने गर्दछ ।

‘यसमा किशोरकिशोरीहरुलाई केन्द्रित गरेर पाठ्यक्रम बनेको छ जसमा २४ वटा सत्रहरु रहेका छन्, महिनाको २ वटा सत्र सहजकर्ता साथीहरुले संचालन गर्नुहुन्छ । हाल सम्म ९ वटा सत्र संचालनमा भईसकेको र समुदायमा किशोरीहरुको सत्र संचालन प्रती रामा्रे प्रतिक्रिया आएको छ’, कार्यक्रम संयोजक सन्देश भट्टराईले जानकारी दिनुभयो । यस कार्यक्रमले किशोरीहरुको स्वास्थ्य सेवामा पहुच र वृद्दि हुने हेतुले हाल किशोरीहरुको समुहहरुलाई स्वास्थ्य चौकी अवोलोकन र भ्रमण गराईरहेको छ । समुह मध्यनै पनि कतिपय किशोरीहरु अहिले सम्म सेवा लिन स्वास्थ्य चौकीनै नपुगेको चामुण्डा स्वास्थ्य चौकी प्रमुखले बताउनुभयो ।

“विगतको तथ्याङ्क हेर्दा स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने १६२ मध्य ६४ जनाको कम उमेरमा विवाह भएको पाइन्छ,” चामुण्डा स्वास्थ्य चौकी प्रमुखले बताउनुभयो। अवोलोकन भ्रमणमा सत्रको अन्तरक्रिया, स्वास्थ्य चौकीबाट पाईने सेवा सुविधा, परिवार नियोजनको साधन सम्बन्धी जानकारी, किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा र स्वास्थ्य चौकीको कोठाहरु ओ.पि.डी , प्रसुती कक्ष, गर्भजाँच कोठा, नेपाल सरकारले उपलब्द गराउने निसुल्क औषधीहरुको बारेमा छलफल भएको थियो । २ चरणमा गरेर ८१ समुहका (१८५२) किशोरीहरुलाई दैलेखको आठबिस र चामुण्डा विन्द्रासैनी नगरपालिकाको आफ्नो नजिकको स्वास्थ्य चौकीमा अवलोकन तथा भ्रमण गराउने लक्ष्य रहेको छ । यसका साथसाथै विधालय व्यवसथापन समीति र स्वास्थ्य चौकी बिच किशोर किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्यमा सुधार ल्याउने विषयहरुमा दुवै पक्ष कसरी अगाडि बड्ने भन्ने बिषयमा बैठकमा छलफल भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार