बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

बागमती प्रदेशसभाको बैठक बिहानै सूचना टाँसेर स्थगित

बुधबार, फाल्गुन ५ २०७७

काठमाडौँ । प्रदेशसभाको बैठक बिहानै सूचना टाँसेर स्थगित गरिएको छ। आज दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो।

सभामुख सानुकुमार श्रेष्ठले विशेष कारण देखाउँदै बैठक स्थगित भएको जानकारी दिए। बागमती प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल समूहका ४५ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध गएको पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।

अविश्वासको प्रस्ताव माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो। यसअघि माघ १९ गते बोलाइएको बैठक सूचना निकालेर आजसम्मका लागि स्थगित भएको थियो। बागमती प्रदेशसभामा नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदुर किसान पार्टीका दुई र स्वतन्त्र एक गरी १ सय १० सदस्य रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार