बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

मनास्लु हिमालमा हिउँपहिरोमा परी मृत्यु भएका दुई जनाको शव काठमाडौं ल्याइयो

बुधबार, असोज ७ २०८३

गोरखा । मनास्लु हिमालको क्याम्प तीनमा हिउँपहिरोमा परी ज्यान गुमाएका दुई जनाको शव उद्धार गरी काठमाडौं पठाइएको छ।

मौसम प्रतिकूलताका कारण यसअघि उद्धार हुन नसकेका शवहरूलाई आज बिहान ७ बजे एभरेस्ट एयरको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। क्याम्प तीनबाट शवलाई सुरुमा गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँ ल्याइएको थियो भने त्यहाँबाट थप प्रक्रियाका लागि काठमाडौं पठाइएको हो।

मकालु एड्भेन्चरमार्फत मनास्लु हिमाल आरोहणमा गएका ४७ वर्षीय जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका सहयोगी संखुवासभाका ४८ वर्षीय फुर्सेम्बा शेर्पा गत असोज ४ गते क्याम्प तीनको टेन्टभित्रै हिउँले पुरिएको अवस्थामा मृत फेला परेका थिए।

लामो समयदेखि खराब मौसमका कारण अड्किएको शव उद्धार कार्य मौसममा सुधार आएसँगै सफल भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार