काठमाडौं, १५ जेठ । विशवको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने प्रथम ओमानि महिला नादिरा अल हार्थिलाई नेपाली राजदूतावास ओमानले सम्मन गरेको छ । ओमनका लागि नेपाली राजदूत महामहिम शर्मिला पराजुली ढकाल र उनक श्रीमान बिमल ढकालले बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर फकेर्की नादिरा अल हार्थिलाई मस्कट अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
उक्त अवसरमा राजदूत ढकालले सुश्रि नादिरा अल हार्थि ज्यूलाई विश्वको अग्लो शिखर सगरमाथाको सफल आरोहण गरेकोमा धन्यबाद प्रकट गरिन । महामहिम राजदूत ढकालले हार्थिलाई नेपाली ढाका टोपि र नेपालि ढाका खाष्टो ओढाएर बिशिष्ठ कक्षमा सम्मान गरेकी थिइन । सो अवसरमा ढकालले नादिराको परिवारका साथै उपस्थित सबैलाई बधाई तथा धन्यबाद ज्ञापन गरिन ।

