बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

कोरोनाविरुद्धको खोप : खोपका असरहरु कसरी थाहा पाउने ?

आइतबार, माघ २५ २०७७

काठमाडौँ । सबैभन्दा पहिले त खोप लगाउँदा आफ्नो शारीरिक स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग परामर्श गरेर उनीहरुकै प्रत्यक्ष निगरानीमा खोप लगाउनुपर्छ । तर खोप लगाइसकेपछि त्यसले आफ्नो शारीरिक स्वास्थ्य अनुकुल प्रतिक्रिया देखाउँछ कि विपरित भन्ने कुरामा ध्यान दिनु आवश्यक छ । खोप लगाइसकेपछि स्वासप्रश्वास प्रणालीमा समस्यामा देखियो,जस्तै घाँटी अठ्याएजस्तो अनुभव हुनु, श्वास फेर्दा छोटो भएजस्तै वा घ्यारघ्यार हुनु, खोकी लाग्नु, वाकवाकी, वान्ता, पखाला तथा पेट दुख्नु, रिंगटा लाग्नु, बेहोश हुनु, मुटुको धड्कन तथा नाडी तीव्र गतिमा चल्नु, लगायतका नकारात्मक प्रतिक्रिया देखिन सक्छन् । कसैकसैलाई जीउभरि फोका उठी चिलाउने तथा ओठ र अनुहार एवं घाँटी सुन्निने पनि हुन सक्छ । यी यस्ता समस्या देखिएमा आफूले परामर्ष गरिरहेको चिकित्सकसँग सल्लाह दिने र नजिकैको स्वास्थ्य संस्थामा गइहाल्नुपर्छ ।

तर, यहाँ बुझनैपर्ने कुरा के हो, भनेजसरी कोरोनाका लक्षण र प्रभाव मानिस अनुसार फरक फरक हुन्छ त्यसैगरि खोपको असर पनि फरक हुन सक्छ । कसैलाई खोपले गम्भीर खाले समस्या देखिन सक्छ त कसैलाई सामान्य । यद्यपी हालसम्म खोप लगाएपछि गम्भीर असर परेको घटना पाइएको भने छैन । विशेषतM खोप बजारमा ल्याई प्रयोगमा ल्याउनुपूर्व नै धेरै चरणमा क्लिनिकल परिक्षण गरिएको हुन्छ । जसले गर्दा डराइहाल्नुपर्ने हुन्न । खोपका असर सामान्य देखिएका छन् जुन सामान्य हो । तसर्थ ढुक्क भएर खोप लगाउन सकिन्छ । तर खोप लगाइसकेपछि एन्टीबडी बन्न ४ सातासम्मको समय लाग्ने भएकाले सो अवधिभर भने स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा अपनाउनै पर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार