बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

एनआरएनए कतारद्वारा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा सहभागी हुन अनुरोध (विज्ञप्तिसहित)

सोमबार, माघ ५ २०७७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले कतारमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु सबैमा एनआरएनए कतारद्वारा आयोजना हुन लागेको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सहभागी हुन अनुरोध गरेको छ ।

गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारद्वारा आउँदो २२ जनवरी २०२१ देखि १ हप्ताका लागि निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी गराउदै परिक्षणमा सहभागी भई स्वास्थ्य लाभ लिन अनुरोध गरेको हो । गैरआवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले सो अनुरोध गरेका हुन् ।

विज्ञप्ति :

कतारमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु सबैमा हार्दिक नमस्कार अस्सालमोआलैकुम
विषय: जानकारी सम्बन्धमा।
गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार द्वारा आउदो २२ जनवरी २०२१ देखि १ हप्ताका लागि कतारमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनी हरुको तल उल्लेखित मिति, स्थान र समयमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी गराउदै परिक्षणमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन सबैमा अनुरोध गर्दछु।
मिति: २२ जनवरी २०२१, शुक्रबारको लागि
दिनको ४:०० बजे देखि बेलुकी ९:०० बजे सम्मा
मिति: २३ जनवरी देखि २८ जनवरी २०२१ सम्म
बिहान ८:०० बजे देखि बेलुकी ९:०० बजे
स्थान : एसियन मेडिकल सेन्टर, अल वाक्रा
मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैरआवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार

प्रतिक्रिया
सम्बन्धित समाचार