चितवन(जस)–रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पूरा गर्न जिल्लास्थित सरकारी र निजी क्षेत्रका व्यक्तिको सहभागितामा विभिन्न समिति गठन गर्न लागिएको छ । रङ्गशालालाई समग्र जिल्लाले अपनत्व लिने सोचका साथ विभिन्न सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रमुख पदाधिकारी उद्योग व्यवसायी, विभिन्न सङ्घ संस्थाका प्रमुख, नागरिक समाजका अगुवा रहने समिति गठन प्रक्रिया अघि बढाइएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुुमार डल्लाकोटीउनका अनुसार सहित जिल्लाका सात स्थानीय तहका प्रमुख, राष्ट्रिय मान्यता प्राप्त चार दलका प्रमुख, उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, च्याम्बर अफ कमर्शका जिल्लास्थित अध्यक्ष, पत्रकार महासङ्घका अध्यक्ष, गैँडाकोट नगरपालिकाका प्रमुख, नागरिक समाजका व्यक्ति व्यक्तिसहित ४७ सदस्यीय क्रिकेट रङ्गशाला निर्माण सहयोग सचिवालय बनाइने भएको छ ।
यसैगरी जिल्लामा रहेका सबै सङ्घसंस्थाका अध्यक्ष एवं पदाधिकारी समेटेर पाँच हजार एक सदस्यीय मूल समिति बनाइने प्रमुख डल्लाकोटीले बताए । उनका अनुसार प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा सदस्य रहेको निर्देशक समिति पनि बनाइने भएको छ । जिल्लाका पूर्वसांसद एवं पूर्वमन्त्री, स्थानीय तहका पूर्वप्रमुखहरू, जिल्ला विकास समितिका पूर्वउपप्रमुख, प्रमुख राजनीतिक दलका पूर्वप्रमुख रहेको सल्लाहाकार समिति गठन हुने प्रमुख डल्लाकोटीले जानकारी दिए ।
मूलसमितिमा टोलका अध्यक्षसमेत रहने बताउँदै ले सिङ्गो चितवनवासीले यो परियोजना सम्पन्न गर्न अपनत्व लिने उद्देश्यले विभिन्न समिति गठन गरी काम अघि बढाउन लागिएको उल्लेख गरे । रङ्गशालाको शिलन्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको छ । शिलान्यासपूर्व गर्नुपर्ने प्रारम्भिक काम चरणबद्धरुपमा भइरहेका छन् । रङ्गशाला धुर्मुस–सुन्तली फाउण्डेशनको नेतृत्वमा निर्माण हुने भएको छ । भरतपुर महानगरपालिका वडा नं १५ मा दुई वर्ष छ महीनामा सम्पन्न गरिने र यसका लागि रु तीन अर्ब खर्च हुने अनुमान गरिएको छ ।