मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा

बिहिबार, पुष २ २०७७

काठमाडौं । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

राति भएको खेलमा टोटेनहमलाई २–१ ले हराएर लिभरपुल शीर्षस्थानमा पुगेको हो । साविक विजेता लिभरपुलको जितमा मोहम्मद सलाह र रोबर्टो फिर्मिनोले गोल गरे । टोटेनहमका ह्युङ मिन सनले गोल गरे । लिभरपुलसँग हारेको टोटेनहमको ११औं खेलमा अपराजित यात्रा टुङिगएको छ ।

जितपछि शीर्षस्थानमा रहेको लिभरपुलको २८ अंक छ । हारपछि दोस्रो स्थानमा झरेको टोटेनहमको २५ अंक छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार