बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

‘नेपाली व्यवसायी संघ कतार’ कतार सरकारको आधिकारिक निकायमा दर्ता, कार्ययोजना तयार पार्न सुझाव माग (विज्ञप्तिसहित)

मंगलबार, मंसिर ३० २०७७

काठमाडौं । कतारमा रहेका नेपाली व्यवसायीहरुको साझा संस्था ‘नेपाली व्यवसायी संघ कतार’ कतार सरकारको आधिकारिक निकायमा दर्ता भएको छ । संघका महासचिव रमेश भट्टका अनुसार कतारको आधिकारिक निकायमा दर्ता भएसँगै शनिबार बसेको संघको पहिलो सचिवालय बैठकले संघको कार्ययोजना तयार पार्न सुझाव माग गरेको छ ।

बैठकले संस्थामा आवद्ध सम्पूर्ण साथिहरुको सल्लाह–सुझाव संकलन गरि सोही आधारमा संघले गर्नुपर्ने भावी कार्ययोजना तय गरिने सहमति भए अनुरूप १५ दिन भित्र सुझाव पेश गर्न भनेको छ । ‘संस्थालाई भोलिका दिनमा कसरी अगाडि बढाउन सकिन्छ ? भन्ने विषयमा केन्द्रित रहि यहाँहरूको अधिकतम ३ वटा सुझाव दिन अनुरोध गर्दछु । यसै सुझावका आधारमा वार्षिक कार्यक्रमको योजना तयार गरिने छ’, महासचिव भट्टले भने ।

विज्ञप्ति:

आदरणीय अध्यक्ष ज्यू, पदाधिकारी ज्युहरु, संरक्षक ज्युहरु, सल्लाहकार ज्युहरु, सचिवालय सदस्य ज्युहरु तथा कार्यसमिति सदस्य ज्युहरु साथै सम्पूर्ण साधरण सदस्य ज्युहरुमा हार्दिक नमस्कार ।
सर्वप्रथम यहाँहरुलाई यस नेपाली व्यवसायी संघ कतार, कतार सरकारको आधिकारिक निकायमा दर्ता भएको जानकारी गराउँदछु । दर्ता पश्चात मिति १२/१२/२०२० का दिन बसेको पहिलो सचिवालय बैठकले गरेको निर्णय अनुसार यस संस्थामा आवद्ध सम्पूर्ण साथिहरुको सल्लाह-सुझाव सन्कलन गरि सोही आधारमा यस संघले गर्नु पर्ने भावी कार्ययोजना तय गरिने सहमति भए अनुरूप यहाँहरूको सल्लाह-सुझाव १५ दिन भित्र ” *संस्थालाई भोलिका दिनमा कसरी अगाडि बढाउन सकिन्छ* ?” भन्ने विषयमा केन्द्रित रहि यहाँहरूको अधिकतम ३ वटा सुझाव दिन अनुरोध गर्दछु । यसै सुझावका आधारमा वार्षिक कार्यक्रमको योजना तयार गरिने छ । यहाँहरुको सुझाव संस्थाको फेसबुक म्यासेन्जर अथवा E-mail:[email protected] मा सम्प्रेषण गर्नसक्नु हुनेछ । यहाँहरुको सुझावको अपेक्षा सहित हार्दिक धन्यवाद ।
*रमेश भट्ट*
*महासचिव*
*नेपाली व्यवसायी संघ, दोहा-कतार*

प्रतिक्रिया
सम्बन्धित समाचार