मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

सन्दीप लामिछाने भए कोरोना मुक्त

बुधबार, मंसिर १७ २०७७

काठमाडौं / नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछानेलाई कोरोनामुक्त भएका छन्। १० दिनको आइसोलेसन बसाइपश्चात् उनी कोरोना मुक्त भएका हुन्।

उनले आफू कोरोनामुक्त भएको जानकारी सामाजिक संजालमार्फत दिएका हुन्। ‘मेरो स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्ण हातलाई आभार’, उनले लेखेका छन्’, म खेलमा फर्कन आत्तुर छु।’

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारी गरिरहँदा उनलाई कोरोना देखिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार