मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

शनिबार, मंसिर १३ २०७७

आयुस बगाले,काठमाडौं, १३ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना भएको पुष्टि गरेका हुन् । गत बुधबारबाट कोरोनाको लक्षण देखिएको बताउँदै सन्दीपले कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि आफू सेल्फ आइसोलेनमा बसेको बताएका छन् ।आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र आफू चाँडै मैदान फर्कने सन्दीपले विश्वास लिएका छन् । यसअघि नेपाली क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ल समेत कोरोना संक्रमित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार