मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

आठौँ राष्ट्रिय खेलकूदका विजयी खेलाडी सम्मानित

बिहिबार, जेष्ठ ९ २०७६

काठमाडौं(जस)–सशस्त्र प्रहरी बल (एपीएफ) ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पदक विजेता आफ्ना क्लबका खेलाडीलाई आज सम्मान गरेको छ । प्रदेश नं ५ मा सम्पन्न उक्त प्रतियोगितामा पदक विजेता खेलाडीलाई हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सम्मान गरेका हुन् ।
उक्त प्रतियोगितामा एपीएफ क्लब तेस्रो भएको थियो । एपीएफले ५४ स्वर्ण, ६९ रजत र ८० कास्यसहित कूल २०२ पदक पदक जितेको थियो । सम्मानस्वरुप एपीएफले स्वर्ण पदक विजेता खेलाडीलाई जनही रु १० हजार प्रदान ग¥यो भने रजत विजेतालाई रु सात हजार तथा कास्य विजेतालाई रु पाँच हजार प्रदान गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार