मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

युइएफए नेसन्स लिग : जर्मनीमाथि स्पेनको आधा दर्जन गोल, क्रोएसियामाथि पोर्चुगलको जित, फ्रान्सद्वारा स्विडेन पराजित

बुधबार, मंसिर ३ २०७७

काठमाडौँ । युइएफ नेसन्स लिग अन्तर्गत स्पेनले जर्मनीमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा स्पेनले जर्मनीलाई ६-० गोलले पराजित गरेको हो ।

स्पेनको जितमा फेरान टोरेजले ह्याट्रिक गरेका थिए भने रोड्री, अल्भारो मोराटा र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए ।पछिल्लो १४ बर्षमा २०१४ को विश्वकप विजेता जर्मनीको यो सबैभन्दा नराम्रो हारको रुपमा लिइएको छ ।

स्पेनले सर्जियो रामोस र सर्जियो कनालेस बिना उत्कृष्ट प्रदर्शन गरेको थियो । यो जितसँगै स्पेनले नेसन्स लिगको फाइनल्समा आफ्नो स्थान सुरक्षित गरेको छ । स्पेन समुह चार बाट ६ खेलमा ११ अंक बनाउदै पहिलो हुदै फाइनल्समा पुगेको हो ।

क्रोएसियामाथि पोर्चुगलको जित, फ्रान्सद्वारा स्विडेन पराजित
यूईएफए नेसन्स लिग अन्तर्गत समूह ए३ को अन्तिम खेलमा पोर्चुगलले क्रोएसियालाई पराजित गरेको छ । इन्ज्युरी समयमा गोल गरेपछि पोर्चुगल ३-२ ले विजयी भएको हो ।

अवे मैदानमा भएको खेलमा क्रिष्टियानो रोनाल्डोसहितको समूह ए थ्रीको पोर्चुगलका लागि रुबेन डियाजले दुई तथा सेक्वेइराले एक गोल गरे । क्रोएसियाका लागि मातेओ कोभासिकले दुई गोल गरे ।जितपछि समूहको दोस्रो स्थानमा रहेको पोर्चुगलको १३ अंक भयो । यस समूहको अर्को खेलमा फ्रान्सले स्विडेनमाथि ४-२ को जित दर्ता गरेपछि क्रोएसिया रेलिगेसनबाट जोगियो ।

फ्रान्स ६ खेलमा अपराजित रहँदै १६ अंकका साथ अन्तिम चारमा प्रवेश गरेको छ भने पोर्चुगल १३ अंकसाथ दोस्रो स्थानमा रहयो । क्रोएसिया र स्विडेनको समान ३-३ अंक भएपनि गोलअन्तरमा क्रोएसियाले स्विडेनलाई उछिन्न सफल रहयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार