मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

आयरल्याण्डविरुद्धको दोस्रो खेलमा अफगानिस्तानको जित, सिरिज बराबरी

बुधबार, जेष्ठ ८ २०७६

काठमाडौं(एजेन्सी)–अफगानिस्तानले आयरल्याण्डविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट खेलमा फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अफगानिस्तानले आयरल्याण्डलाई १२६ रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको ३०६ रनको लक्ष्य पछाएको आयरल्याण्डले ४१.२ ओभरमा १७९ रन बनाउदै अलआउट भएपछि खेल १२६ रनले गुमाएको थियो । आयरल्याण्डका लागि पिटर स्टिरलिंगले सर्वा्धिक ५० रन बनाएका थिए भने गेरी विल्सनले ३४ रन बनाएका थिए । अफगानिस्तानका बलर कप्तान गुलबदीन नैबले सर्वा्धिक ६ विकेट लिए । नैनले ९.२ ओभर बलिङ गर्दै ४३ रन दिएर ६ विकेट लिएका थिए । त्यस्तै द्वलत जादरन, अफताब आलम र रहमात शाहले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले उत्कृष्ट ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाएर ३०५ रन बनाएको थियो । अफगानिस्तानका लागि मोहमद शाहजादले शतकीय पारी खेलेका थिए । शाहजादले ८८ बलमा १०१ रन बनाएर आउट भएका थिए । त्यस्तै रहमत शाहले ६२ र नाजिबुल्लाह जदरानले ३३ बलमा ६० रनको आक्रामक पारी खेलेका थिए । त्यस्तै हशमतुल्लाह शाहिदीले ४७ रन बनाएका थिए । यो जितसँगै अफगानिस्तानले २ खेलको सिरिज १(१ ले बराबरी गर्न सफल भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार