बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

ग्लोबल गोरखा समाजले गोरखाका ११ वटै स्थानीय तहलाई एकरएक लाख वरावरको स्वास्थ्य सामाग्री सहयोग गर्ने 

बिहिबार, कार्तिक १३ २०७७

 

 

७ सदस्यीय संरक्षक समिति गठन,प्रमुख संरक्षकमा भट्ट

काठमाडौं – ग्लोबल गोरखा समाजले कोभिड -१९ को वर्तमान स्थितिलाई मध्यनजर गर्दै गोरखा जिल्लाका सबै स्थानीय तहमा एक रएक लाख वरावरको स्वास्थ्य सामाग्री उपलब्ध गराउने भएको छ । ग्लोबल गोरखा समाजको बैठकले कोभिड -१९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि ९ वटै गाउँपालिका र २ वटा नगरपालिकालाई एक रएक लाख वरावरको स्वास्थ्य सामाग्री सहयोग गर्ने निर्णय गरिएको ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारीले जानकारी गराउनुभयो । अध्यक्ष अधिकारीका अनुसार स्वास्थ्य सामाग्रीको लागि आवश्यक रकम कार्यसमिति सल्लाहकार र संरक्षकहरुबाट संकलन गरिनेछ ।

त्यस्तै, बैठकले एनआरएनए पूर्व अध्यक्ष भवन भट्ट प्रमुख संरक्षक रहने गरि ७ सदस्यीय संरक्षक समिति समेत गठन गरेको छ । समितिको संरक्षकमा एनआरएनए अध्यक्ष कुमार पन्त, ग्लोबल गोरखा समाजका निवर्तमान अध्यक्ष जयप्रकाश गुरुङ, एनआरएनए नैतिक पाठशालाका संयोजक कृष्ण लामिछाने, एनआरएनए पूर्व विधान समितिका सदस्य हरिहर अर्याल, एनआरएनए संरक्षक रामप्रताप थापा, एनआरएनए आइसिसी सदस्य डा. विष्णुमाया परियार रहनुभएको छ ।त्यस्तै, अक्टोवर २४ तारिखमा सम्पन्न भर्चुअल बैठकले उपाध्यक्षमा क्यानडाबाट रस्मि थापा मगर, कोषाध्यक्षमा हङकङबाट आकाश बन्जारा र सहकोषाध्यक्षमा यूकेबाट बम बहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । साथै बैठकले निवर्तमान महासचिव विनोद पोखरेललाई नेपालमा समन्वय गर्ने गरि ग्लोबल गोरखा समाजको संयोजकको जिम्मेवारी पनि प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तैगरि, समाजको पहिलो बैठकले १२ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । साथै विभिन्न क्षेत्रलाई समेट्ने गरि थप सल्लाहकार तथा उपससमिति पनि गठन गरिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार