मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

बार्सिलोनाद्वारा इटालियन च्याम्पियन युभेन्ट्स २-० गोलले पराजित

बिहिबार, कार्तिक १३ २०७७

 

युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस महारथी बार्सिलोनाले इटालियन च्याम्पियन युभेन्ट्सलाई पराजित गरेको छ।बुधबार राति भएको समूह जी को खेलमा बार्सिलोनाले युभेन्ट्सलाई २-० गोलले पराजित गरेको हो।खेलको १४ मिनेटमा बार्सिलोनाले उस्मान डेम्बेलेको गोलबाट अग्रता लिएको थियो। उनलाई गोल गर्न लिओनल मेसीले पास उपलब्ध गराएका थिए।खेल सकिन पाँच मिनेट बाँकी छदा युभेन्ट्स १० खेलाडीमा सीमित बनेको थियो। डिफेन्डर मेरिह डेमिरल दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए। दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो। अन्सु फातीलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा मेसीले बार्सिलोनाका लागि दोस्रो गोल गरेका थिए।

जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले समूहमा लगातार दोस्रो जित हात पारेर ६ अंक जोडेको छ। दोस्रो स्थानको युभेन्ट्सको ३ अंक छ। यहि समूहको अर्को खेलमा फेरेनक्वेरोसी टीसी र डाइनामो किभले २-२ गोलको बराबरी खेलेर १-१ अंक जोडेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार