मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

इङल्याण्डको विश्वकप खेल्ने टिममा आर्चरसहित तीन खेलाडी

मंगलबार, जेष्ठ ७ २०७६

काठमाडौं(जस)–आइसीसी एकदिवसीय विश्वकप २०१९ को आयोजक देश इङल्याण्डले आफ्नो विश्वकप खेल्ने टिममा तीन परिवर्तन गरेको छ । गत बैशाख ४ गते सार्वजनिक गरिएको १५ सदस्यीय टिममा आयोजक इङल्याण्डले तीन परिवर्तन गरेको हो । इङल्याण्ड पछिल्लो समय राम्रो प्रदर्स्जं गरिरहेका जोफ्रा आर्चरलाई टिममा समावेश गरेको छ । त्यस्तै विष्फोटक ब्याट्सम्यान जेम्स भिन्सले पनि विश्वकप खेल्ने टिममा ठाउ बनाउन सफल भएका छन् । त्यस्तै अल राउण्डर लिआम डावसन पनि विश्वकप खेल्ने टिममा समावेश गरिएको छ ।
यस अघि विश्वकप खेल्ने टिममा छनौट भएका एलेक्स हेल्स लागु औषध सेवनको आरोपमा प्रतिबन्धमा परेपछि उनि विश्वकपको टिमबाट बाहिरिएका छन् भने डेभिड विली र जोय डेनली पनि विश्वकप खेल्ने टिमबाट बाहिरिएका छन् । इङल्याण्डको विश्वकप खेल्ने टिममा कप्तान इयोन मोर्गन रहेका छन् ।
इङल्याण्डको टिम स् इयान मोर्गन (कप्तान), लियाम प्लङकेट, जोफ्रा आर्चर, मार्क उड, क्रिस वोक्स, टम कुरान, बेन स्टोक, एदिल रसिद, मोइन अली, जेम्स भिन्स, जोस बटलर, जोनी बेर्स्टोव, जोए रुट, ज्यासन रोए र लियाम डावसन रहेका छन् । यसअघि इङल्याण्डका छनौटकर्ताले १५ सदस्यीय टोली घोषणा गरेपनि यसलाई प्रारम्भिक टोली भनेको छ र आगामी मे १९ मा पाकिस्तान विरुद्धको पाँच एकदिवसीय सिरिज सकिएपछि अन्तिम टोलीको टुङगो लगाउन सकिने जनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार