आगामी मे ३० देखि जुलाई १४ सम्म घरेलु मैदानमा आयोजना हुने आईसीसी एकदिवशीय विश्वकप क्रिकेटका लागि इंग्ल्याण्डले राष्ट्रिय टोलीको घोषणा गरेको छ । सर्वाधिक ५ पटक विश्वकप आयोजना गर्न लागेको इंग्ल्याण्डले मंगलबार १५ सदस्यीय टोली घोषणा गरेको हो ।
उसले सार्वजनिक गरेको टोलीमा एक खेलाडी परिवर्तन भएका छन् । यसअघि प्रारम्भिक टोलीमा रहेका डेभिड विलीको स्थानमा अलराउण्डर जोफ्रा आर्चरलाई राखिएको छ ।इयान मोर्गनको कप्तानीमा रहेर विश्वकप खेल्न लागेको इंग्ल्याण्डको टिममा आदील राशिद, जोय रुट, जोन्नी बेस्ट्रो, लाइम प्लङकेट, जेम्स भिन्स, जासन रोय, जोस बट्लर, मोइन अली, क्रिस वाकोस, बेन स्ट्रोक्स, आर्चर जोफ्रा, टम करन, जो डेन्ली र मार्क वुड रहेका छन् ।