मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

मेस्सीले बनाए ५० गोल गर्ने खेलाडीको कीर्तिमान

सोमबार, जेष्ठ ६ २०७६

काठमाडौं(एजेन्सी)–बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ५० गोल गर्ने खेलाडीको किर्तिमान बनाएका छन् । स्पेनिस ला लिगा अन्तर्गत मेस्सीले किर्तिमान बनाएको खेलमा आइतबार राति बार्सिलोना इबरसँग २—२ गोलको बराबरीमा रोकिएको छ । यसअघिनै लिग च्याम्पियन बनेको बार्सिलोनाले लिगको अन्तिम खेलमा बराबरीमा चिक्त बुझाएको हो । यद्यपी यस खेल मेस्सीका लागि भने ऐतिहासकि बन्यो । इबरविरुद्ध दुवै गोल गरेका मेस्सी सिजनका बार्सिलोनाका लागि सर्वा्धिक ५० गोल गर्ने खेलाडी बने । मेस्सीले यो सिजन युरोपका शीर्ष पाँच क्लबमा ५० गोल पूरा गर्ने पहिलो खेलाडी हुन् । उनले बार्सिलोनाका लागि सबै खेलमा गरेर ब्यक्तिगत ५० गोल पूरा गरेका हुन् ।
इबर विरुद्ध मेस्सीले ३१औं र ३२औं मिनेटमागोल गरेका थिए । मेस्सीले च्याम्पियन्स लिगमा १२, स्पेनिस ला लिगामा ३६ र कोपा डेल रेमा दुई गोल गरेका थिए । जसमा उनले ४८ खेल खेले । ५० गोलसँगै मेस्सीले गोल्डेन बटुमा पनि दावेदारी प्रस्तुत गरेका छन् । मेस्सीलाई पछ्याई रहेका पीएसजीका केलियन एमबाप्पेले ४६ गोल गरेका छन् । बराबरीसँगै लिग च्याम्पियन बार्सिलोनाले ३८ खेलबाट ८७ अंक बनायो । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले ७६ बनायो । रियल म्याड्रिड तेस्रो स्थानमा रह्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार