मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

नेपाल टेलिकमको अफर : दश पैसामा एक मिनेट कुराकानी

आइतबार, जेष्ठ ५ २०७६

काठमाडौं (जस)–उहिले बाजेका पालामा दश पैसाले धेरै चिज किन्न सकिन्थ्यो रे ! अहिले हाम्रा पालामा त दश पैसा अस्तित्वमा नै छैन । यसको पनि केही काम आउँछ भनेर पत्याउन पनि सकिँदैन । तर नेपाल टेलिकमले फेरी पुरानो समय फिर्ता ल्याइदिएको छ र दश पैसामा फोन गर्न सकिने सुविधा उपलब्ध गराएको छ । आम ग्राहकको हितलाई ध्यानमा राखी नेपाल टेलिकमका मोवाइलबाट दश पैसामै एक मिनेटसम्म कुरा गर्न सकिने सुविधा उपलब्ध गराएको हो ।
कम्पनीले ०७६ बैशाख १ गतेबाट ‘डे भ्वाइस प्याक’ योजना अन्तर्गत यस्तो सुविधा उपलब्ध गराएको हो । यो सेवा उपभोग गर्नका लागि मोवाइलमा VOICE90 लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । त्यसपछि जम्मा ९ रुपैयाँले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२ घण्टाको अवधिमा ९० मिनेटसम्म कुराकानी गर्न सकिनेछ । यो सुविधा कम्पनीका जिएसएम र सिडिएमएका प्रिपेड र पोस्टपेड दुवैथरी मोवाइलका ग्राहकहरुका लागि उपलब्ध छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार