काठमाडौं(एजेन्सी)–क्रिस्टियानो रोनाल्डोले यस सिजनको इटालियन सिरी ए को प्लेयर अफ द सिरिजको उपाधि जितेका छन् । यसअघि यस्तै अवार्ड रोनाल्डोले इङल्याण्ड र स्पेनमा पनि जितेका थिए । पहिलो सिजनमै इटालीमा रोनाल्डोले प्लेयर अफ द सिरिजको अवार्ड जितेका हुन् ।इटालियन सिरी ए मा युभेन्टसका लागि यस सिजनमा रोनाल्डोले कुल २१ गोल गर्दै आठौ पटक लगातार सिरी ए को उपाधि जिताउन भूमिका खेलेका थिए ।
युभेन्टसले सिरी ए को अन्तिम खेल आइतबार एटलान्टाविरुद्ध खेल्न बाँकी हुदै रोनाल्डोलाई प्लेयर अफ द सिरिजको अवार्ड दिइएको हो । त्यस्तै सिरी ए को गोलकिपर अफ द सिजनको अवार्ड भने इन्टर मिलानका सामिर ह्याण्डनोभिकले जितेका छन् । त्यस्तै नापोलीका डिफेन्डर कालीडोउ काउलिबालीले डिफेन्डर अफ द इयरको उपाधि जितेका छन् । ३४ बर्षिय रोनाल्डोले यसै सिजनमा रियल म्याड्रिडबाट युभेन्टस आएर उत्कृष्ट शुरुवात गरेका छन् । च्याम्पियन्स लिगमा क्वाटरफाइनलमा अयाक्ससँग पराजित हुदै बाहिरिएको युभेन्टसले घरेलु लिग भने सजिलै जितेको थियो ।