मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

बायर्न म्युनिखले लगातार सातौ पटक बुन्डेसलिगाको उपाधि जित्यो

आइतबार, जेष्ठ ५ २०७६

काठमाडौं(एजेन्सी)–जर्मनी फुटबलको महारथी बायर्न म्युनिखले लगातार सातौ पटक बुन्डेसलिगाको उपाधि जितेको छ । शनिबार भएको लिगको अन्तिम खेलमा इनट्राचट फ्र्यांकफर्टसँग ५–१ गोल अन्तरले विजयी हुदै लगातार सातौ पटक लिगको उपाधि जितेको हो । फ्र्यांकफर्टिवरुद्धको जितमा बायर्नका लागि किंग्सले कोम्यान, रोनाटो सान्चेज, फ्र्यांक रिबेरी,आर्जे रोबेन र अलावाले एक एक गोल गरेका थिए । त्यस्तै फ्र्यांकफर्टका लागि हलेरले एक गोल फर्काएका थिए ।
पहिलो हाफमा १–० ले अगाडी रहेको बायर्नले दोस्रो हाफमा ४ गोल गरेको थियो । कोम्यानले खेलको चौथो मिनेटमा नै गोल गर्दै बायर्नलाई शुरुवाती अग्रता दिलाएका थिए । बायर्न म्युनिखले सन् २०१२–१३ सिजन देखि लगातार जर्मनी लिग बुन्डेसलिगाको उपाधि जित्दै आएको छ । बायर्नले पछिल्लो २१ सिजनमा १५ पटक लिगको उपाधि जितेको छ । बायर्नको यो २८औ बुन्डेसलिगाको उपाधि हो । बुन्डेसलिगामा बरुसिया ड्रोटमण्ड दोस्रो भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार