मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

आइतबार, जेष्ठ ५ २०७६

काठमाडौं(एजेन्सी)–म्यानचेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा सिटीले वाटफोर्डलाई ६–० गोल अन्तरले पराजित गर्दै छैठौ पटक एफए कपको उपाधि जितेको हो । सिटीको जितमा गाब्रियल जिसस र रहिम स्टरलिङले २–२ गोल गरेका थिए भने डेभिड सिल्भा र केभिन डी ब्रुनेले एक एक गोल गरेका थिए । सिटीले खेलको पहिलो हाफमा २ गोल गरेको थियो भने दोस्रो हाफमा ४ गोल थपेको थियो ।
योसंगै म्यानचेस्टर सिटीले एक सिजनमा तिनै उपाधि जितेर रेकर्ड बनाएको छ । सीटीले यस सिजनमा तिनै घरेलु उपाधि इएफएल कप, प्रिमियर लिग र एफए कपको उपाधि जितेको छ । एफए कपको उपाधि सबै भन्दा बढी जित्ने टिम आर्सनल हो आर्सनलले १३ पटक यो उपाधि जितेको छ भने म्यानचेस्टर युनाइटेडले १२ पटक जितेको छ । त्यस्तै चेल्सी र टोटनह्यामले ८–८ पटक, लिभरपुल र एस्टन भिल्लाले ७–७ पटक यो उपाधि जितेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार