काठमाडौं, ५ जेठ । इंग्लिश प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटीले यो वर्षको एफए कप फुटबलको उपाधि जितेको छ ।
अघिल्लो हप्तामात्रै लिगको उपधि जितेको म्यान सिटीले गएराति भएको खेलमा वाट्फोर्डलाई ६–० ले पराजित गर्दै एफए कपको उपाधि जितेको हो ।
सिटीको जितमा राहिम स्टर्लिङ र ग्याब्रिएल जिससले २–२ गोल गर्दा डेभिड सिल्भा र केभिन डे ब्रायनले एक–एक गोल थपे ।
योसँगै सिटीले एकै सिजन तीन घरेलु उपाधि जित्दै कीर्तिमान बनाएको छ ।
सिटी एकै सिजन इंग्ल्यान्डको ३ घरेलु उपाधि जित्ने पहिलो क्लब बनेको छ ।
यसअघि सिटीले यो सिजनको प्रिमियर लिग र काराबाओ कपको उपाधि जितिसकेको छ । म्यान्चेस्टर सिटी युएफा च्याम्पियन्स लिग फुटबलको फाईनलमा समेत प्रवेश गरेको छ । यही जुन १ तारिखमा स्पेनको मड्रिडमा हुने फाईनलमा म्यान सिटीले प्रिमियरसिप प्रतिद्वन्द्वी टोटनह्याम हट्सपरको सानमा गर्नेछ ।