बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना संक्रमण, ६०९ जना निको (भिडियोसहित)

मंगलबार, साउन ६ २०७७

काठमाडौं, ६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १५० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आज (मंगलबार) थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ९९४ जना पुगेको छ ।
आज थप ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १२ हजार ४७७ जना संक्रमित उपचारपछि निको भएका छन् । मंगलबारसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ ।
https://www.facebook.com/mohpnep/videos/2095798043897035/

प्रतिक्रिया
सम्बन्धित समाचार