मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

युनिक्याम्पस एकेडिमिक मेला

बिहिबार, जेष्ठ २ २०७६

काठमाडौं(जस)– आज शुक्रबार युनिक्याम्पस एकेडिमिक मेला आयोजना हुने भएको छ । पुतलीसडक हाईटस्थित युनिक्याम्पसमा हुन लागेको यो मेला प्लस टु पास गरेर विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुका लागि उपयोगी हुनेछ । तालिम प्राप्त सर्टिफाइड अनुभवि इन्सट्रक्टरहरुले विद्यार्थीलाई परामर्श दिनेछन् । युनिक्याम्पस एकेडिमिक मेलामा विद्यार्थीहरुका लागी विभिन्न गेमका साथै फुड फेस्टिवल र अन्य मनोरजनात्मक क्रियाकलापहरु पनि आयोजना हुनेछन् । युनिक्याम्पसका निर्देशक घनश्याम घिमिरेका अनुसार पिटिइ, आइइएलटिएस, स्याट, जिआरइ, टोफल र विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुका लागि यो मेला उपयोगी हुनेछ । विदेश जानुपूर्ब गर्नुपर्ने तयारीबारे आबश्यक जानकारी प्रदान गर्ने उद्देश्यले मेलाको आयोजना हुन लागेको हो ।
‘यस मेलामा सहभागी हुने सबै विद्यार्थीहरुलाई अस्ट्रेलिया प्रोसेसिङ निःशुल्क गरिने र एकेडिमिक तयारी कक्षा शत प्रतिशतसम्म छुट हुने छ ।’ युनिक्याम्पसका निर्देशक घिमिरेले बताए । युनिक्याम्पस १८ वर्ष पुरानो संस्था हो । यो मेलामा पिटिइ, आइइएलटिएस, स्याट, जिआरइ, टोफल र विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुलाई परामर्श तथा सुचना दिइने युनिक्याम्पसका निर्देशक घनश्याम घिमिरेले बताए । ‘उच्च शिक्षा अध्ययनका लागी सहि निर्णय लिन र कोर्षमा राम्रो नम्बर ल्याउन यो मेलाले सहयोग पुर्याउ“नेछ ।’ युनिक्याम्पसलाई क्यानडा, अमेरिका, अस्ट्रेलिया, र वेलायतले सबैभन्दा बढि विश्वासिलो कन्सल्ट्यान्सी भनेर सर्टिफिकेट प्रदान गरेको छ । नया“बानेश्वर, हेटांैडा, चितवन, बुटवल, पोखरामा यसका ब्रान्च कार्यालयहरु छन् । नेपाल बाहिर थाइल्याण्ड, वेलायत र अस्ट्रेलियामा शाखा कार्यालय खोलेर युनिक्याम्पसले विद्यार्थीहरुलाई सेवा दिइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार