बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

सोल्टी होटलको नाफा २३ करोड

मंगलबार, बैशाख ३१ २०७६

काठमाडौं(जस)–सोल्टी होटल लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैतसम्ममा २३ करोड १० लाख खुँद नाफा कमाएको छ । यो होटलले कर पछिको खुद नाफा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड १७ लाख रुपैयाँ थियो । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमै यो होटलले गरेको यस्तो नाफा ७ करोड ९३ लाख रुपैयाँले बढाउन सफल भएको छ । होटलले शेयर पुँजी ६६ करोड ६० लाख रुपैयाँ रहेको छ ।
होटलले खानाका परिकारको बिक्रीबाट २२ करोड रुपैयाँ कमाएको थियो । यसले कर्मचारी सुविधामा खर्च, सञ्चालन खर्च, गतिह्रास तथा प्रसासनिक गरी कुल १ अर्ब २ करोड रुपैयाँ खचिएको छ । यसको कुल आम्दानी भने १ अर्ब ३१ करोड रहेको छ । यो होटलको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४७ पैसा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार