मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

टेलिकमले कमायो ९ अर्ब ८७ करोड रुपैयाँ

मंगलबार, बैशाख ३१ २०७६

काठमाडौं(जस)–नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड)को चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्मको नाफा १ अर्ब ८७ करोड रुपैयाँले घटेको छ । टेलिकमले यो अवधिमा ९ अर्ब ९८ करोड रुपैयाँ नफा रहेको छ । यस्तो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १ अर्ब ८७ करोडले कम हो । गत वर्ष टेलिकमले गरेको यस्तो नाफा ११ अर्ब ८५ करोड रुपैयाँ थियो । यो कम्पनीले तेस्रो त्रैमासमा मात्रैको नाफा पनि घटेको ।
यसले यो अवधिमा ३ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएको थियो । अधिल्लो वर्षको सोही अवधिमा यसले कमाएको यस्तो नाफा ४ अर्ब ३७ करोड थियो । यसको प्रति शेयर आम्दानी ७ रुपैयाँ दुई पैसा रहेको । यसको प्रतिशेयर नेटवर्थ भने ६७६.५ रुपैयाँ रहेको छ । नेप्सेमा १५ करोड कित्ता शेयर सूचीकृत भएको टेलिकमको प्रतिशेयर कारोबार ७१३ रुपैयाँमा भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार